Section 16
बारम्बार अपराध गर्नेलाई थप सजाय
: यस ऐन अन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुन यसै ऐन अन्तर्गत अपराध गरेमा निजलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।